यस महिलाले १० बच्चाहरूलाई एकै चाेटी जन्माएर रेकर्ड बनाई, नाम गिनीज बुकमा रेकर्ड गर्न सकिन्छ
यस महिलाले १० बच्चाहरूलाई एकै चाेटी जन्माएर रेकर्ड बनाई, नाम गिनीज बुकमा रेकर्ड गर्न सकिन्छ
जुम्ल्याहा बच्चाको जन्मको बारेमा तपाईंले धेरै सुन्नुभयोकाे र देख्नुभयो पनी होला, तर कल्पना गर्नुहोस् यदि १० बच्चाहरू एकै पटक जन्म्याे भने। यो चमत्कार भन्दा कम पक्कै पनी लाग्दैन हाेला । तपाईलाई यो चीज अलि अनौंठो लाग्न सक्छ, तर यो वास्तवमै भएकाे छ । वास्तवमा दक्षिण अफ्रिकाको प्रिटोरियामा गोसाम थामारा सिथोल नामकी 37 वर्षीया महिलाले एकैचोटि १० बच्चा जन्माइन्। यो भनीन्छ कि यो विश्वमा पहिलो पटक भएको हाे ।
जुम्ल्याहा आमा, गोसाम थामारा सिथोलले पहिले नै सात केटाहरू र तीन केटीहरूलाई जन्म दिएकी छिन्। यद्यपि थामरा सिथोल आफैले यो सबै देखेर छक्क परेका छन् । किनभने सुरुवाती जांचमा ६ छोरीहरू हुने आशा व्यक्त गरेका थिए। थामारा सिथोलले यी बच्चाहरूलाई जून 7 मा प्रिटोरियाको अस्पतालमा जन्म दिएका हुन् ।
गोसियामे थमारा सिथोल दावी गर्यो कि उनीले साधारण गर्भधारण गरेकी हुन्, तर बच्चा जन्माउनु उनको लागि सजिलो भने थिएन। किनकि गर्भावस्थामा उनलाई खुट्टामा धेरै समस्या भोग्नुपर्यो।
यद्यपि गोसाम थामारा सिथोलको दाबी कुनै स्वास्थ्य विशेषज्ञ वा गिनीज वर्ल्ड रेकर्डले पुष्टि गरेको छैन। यदि याे दाबी सही हुन जान्छ भने, एक गर्भाधारणमा 10 बच्चाहरुको जन्म एक विश्व कीर्तिमान हुन सक्छ।
गर्भावस्थामा धेरै बच्चाहरूलाई जन्म दिनको रेकर्ड हाल मालीको हलीमा सिस्सेको नाममा छ। हालिमा सिस्सेले मेमा मोरक्कनको एउटा अस्पतालमा नौ बच्चालाई जन्म दीएकी थीइन ।
गर्भावस्था को उच्च जोखिम देखेर, गोसियामे थमारा सिथोल चिन्तित थिइन कि उनका बच्चा शायद जीवित नहुन पनी सक्छन। यद्यपि सबै बच्चाहरू स्वस्थ छन् र आउँदो केही महिना इन्क्यूबेटरमा राखिनेछ।
यस्तो रहस्यमय गाउँको कथा, जसलाई 'मृत शहर' भनिन्छ
ज्ञानको विषय: 'पहिलो विश्वयुद्ध' यस प्रकारले शुरू भयो, यसको इतिहास एकदम डरलाग्दो छ
राधाबिनोद पाल: एक भारतीय न्यायाधीशको कथा जसलाई जापानका मानिसहरूले भगवान मान्दछ